Hello NEw
प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ

काठमाडौं, १४ कार्तिक । बारा प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार ६० हजार घुस सहित पक्राउ परेको छ । कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस लिने गरेका थिए ।
उनी विरुद्ध घुस लिने गरेको भन्दै परेको उजुरीका आधारमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगे हात पक्राउ गरेको हो ।
