Logo

Hello NEw

प्रशासनिक उत्तरदायित्वका आयामहरु सहित नेपालका सन्दर्भमा महत्वपूर्ण कुनै एक आयामको वारेमा चर्चा गर्नुहोस् ।



प्रशासनिक उत्तरदायित्वः

प्रशासनिक पद वा सार्वजनिक पदधारण गरेको/ सार्वजनिक जिम्मेवारी पाएको अख्तियार प्राप्त पदाधिकारीले आफुले सम्पन्न गर्ने कार्य, सम्पादन गरेको कार्य, सम्पादन स्तर र गुणात्मकताको वारेमा सरोकारवाला वर्गमा उत्तर दिनु पर्ने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।

  • कुनै पनि प्रशासकले आफ्नो जिम्मेवारीको वहन गर्दा जनता र सरकार प्रति जफावदेहिताको निर्वाह गर्ने, कार्य प्रति समर्पित रही गर्ने दायित्व वोधको अवस्थालाई प्रशासनिक उत्तरदायित्व भनिन्छ ।
भुवन ज्ञवाली

प्रशासनिक उत्तरदायित्वको आयामहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • राजनीतिक आयामः राजनितिक नेतृत्व वा सरकार/शासन प्रणाली अनुकुल भै जनप्रतिनिधिहरुको इच्छा एवम् माग संग सम्वन्धित रही प्रशासनिक कार्यहरु गर्नुपर्ने, उत्तदायित्व यसमा पर्दछ ।
  • व्यवसायिक आयामः कुनै पनि व्यवसाय विशेषसंग सम्वन्धित व्यक्ति वा निकायले पालना गर्नुपर्ने मूल्य मान्यताहरु, संलग्न पक्षहरुसंगको उत्तरदायित्व यसमा हुनुपर्दछ ।
  • कानूनी आयामः विद्यमान संविधान तथा अन्य प्रचलित कानुनले तोकेको विधि प्रक्रिया अनुसार प्रशासनले निर्वाह गर्नुपर्ने भूमिका रहेको हुन्छ ।
  • व्यवस्थापकिय आयामः श्रोत र साधनको मितव्ययि प्रयोग र प्रभावकारीताको लागि प्रशासकले निभाउने व्यवस्थापकिय भूमिका हो ।
  • प्रत्यक्ष वा अप्रत्यक्ष आयामः प्रशासकले आफूले गरेको कार्यको विषयमा उत्तर दिने प्रत्यक्ष, आफ्नो मातहतका पदाधिकारीको विषयमा जवाफ दिनुर्ने दायित्व अप्रत्यक्ष उत्तरदायित्वका विषयहरु जवाफदेहि हुने भूमिका पर्दछ ।
  • नैतिक उत्तरदायित्वको आयामः सम्वन्धित सरोकारवालाहरुलाई जवाफ दिनुपर्ने अवस्थाको उत्तरदायित्व नैतिक उत्तरदायित्व, विवेक, आचरण र सदाचार प्रतिको उत्तरदायित्व पर्दछ ।

नेपालको सन्दर्भमा माथि उल्लेखित सम्पूर्ण आयामहरुको महत्वपूर्ण भूमिका रहेको छः उल्लेखित आयामहरु मध्ये नैतिक उत्तरदायित्वको आयाम निकै महत्वपूर्ण र व्यवहारिक पक्षको रुपमा पर्दछ नैतिक आयामको व्यवहारत हाम्रो नेपालको सन्दर्भमा किन महत्वपूर्ण छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

  • सार्वजनिक निकायद्वारा सम्पादित गरेका सार्वजनिक काम कारवाहीहरु सरकार, आम जनताहरुसंग खुला र पारदर्शि वनाउँदछ ।
  • जनताले सामाजिक न्याय सहितको पहुँच, उपयोग र अपनत्वको ग्रहण गर्नका लागि नैतिक आयाम आवश्यक पर्दछ ।
  • नैतिक आयामले सुशासन कायम गरी सेवाग्राहीको सम्मान, आर्थिक आचरण र सुधारका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदछ ।
  • जनता र कर्मचारीवीच सम्मानजनक व्यवहार गर्ने प्रवृत्तिको विकास भै कार्य प्रकृति र कार्य सम्पादनमा सहजता ल्याउँदछ ।
  • विकासका हरेक चरणमा जन-सहभागिताले Touching the hearts wining the minds को भूमिका सिर्जना गर्ने भएकोले नैतिक आयामको आवश्यकता रहेको हुन्छ ।
  • सेवा प्रवाह चुस्त दुरुस्त र विश्वासको भाव पैदा गर्न सजिलो हुन्छ, जसले गर्दा ढिलासुस्ती, अनियमिततामा कमी ल्यायी भ्रष्टाचारलाई न्यूनिकरण गर्न सहयोग पुग्दछ ।
  • सार्वजनिक उत्तरदायित्वमा कर्मचारीको मूल्याङ्कन, अनुगमन तथा सुपरिवेक्षण प्रणालीले नैतिकता प्रवर्द्धनमा जोड दिन्छ ।
  • सार्वजनिक पदाधिकारीको व्यवहारलाई नागरिक अपेक्षा अनुरुप कार्यमूलक, नतिजाकेन्द्रित, स्वच्छ र नैतिक वनाउने कार्य गर्दछ ।
  • सार्वजनिक श्रोत, साधन र अधिकार प्रयोग गर्दा सार्वजनिक पदाधिकारीले इमान्दारिपूर्वक, खुलापनका आधारमा, सामाजिक उत्तरदायित्व पुरा गर्न जिम्मेवार वनाउँदछ ।

उपसंहारः

सार्वजनिक उत्तरदायित्व लोकतान्त्रिक पद्धतिमा नागरिकको मताधिकारको मूल्यन हो । सार्वजनिक तहमा इमान्दार हुने, सत्य वोल्ने, स्वच्छ रहने, सहिष्णु बन्ने, गतिशिल हुने, खुला रहने, विश्वासिलो बन्ने, जस्ता समग्र पक्षलाई व्यवहारिक वनाउन नैतिकताले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । नागरिकको विश्वास प्राप्त गरी शासन सञ्चालन गर्न पनि यसको आवश्यक हुन्छ । प्रशासनिक उत्तरदायित्व निर्वाह गर्ने परिपाटीको विकास भै सुशासन र जनताको विश्वासमा सञ्चालन गर्न सवै सरोकारवाला पक्षहरुको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्