Hello NEw
मेरो लोकसेवा अनुभव : एक पटक पढ्ने, दुई पटक लेख्ने र तीन पटक सोच्ने ढाँचा बनाएँ

दोश्रो वर्ष पढ्ने तरिका फेरें भलै भाषा चाहिं फेरिन । ३ जनाको एक समुह बनाएर छलफल गर्न सुरू गरेँ। एक पटक पढ्ने दुई पटक लेख्ने र तीन पटक उक्त विषयवस्तुका वारेमा सोच्ने ढाँचा बनाएँ।
सिंहदरबार गेटको पासले अधिकृत बनायो
खोटांग जिल्लाको चिसापानी उच्च माध्यमिक विद्यालयबाट एस.एल.सि. र भगवती उच्च माध्यमिक विद्यालय खोटांगवजारबाट दश जोड दुई सकें । त्यस बेलासम्म पढाई सामान्य थियो । उच्च शिक्षाको लागि काठमाडौँ यात्रा सुरु भयो तर लोकसेवाको यात्रा भने काठमाण्डौको दोश्रो बसाइका क्रममा मात्र सुरुभयो ।
कुशल अंग्रेजी शिक्षक बन्ने सपना थियो । अंग्रेजी विषयमा उच्च शिक्षा हाशील गर्ने उदेश्यले अंग्रेजी साहित्यमा स्नातक तहमा त्रि-चन्द्र कलेज र स्नातकोत्तर विश्विध्यालय क्याम्पस कीर्तिपुरबाट पूरा गरें । स्नातकोत्तर अध्ययन सके लगतै खोटांग फर्किएँ- अंग्रेजी भाषा शिक्षक पदमा । त्यसबेलासम्म लोक सेवा सुनेको थिएँ तर यसको तयारी र अध्ययन बारे अनविज्ञता थियो ।
विश्वविद्यालयको मेरो पढाईको विषय र लोक सेवा आयोगको शाखा अधिकृतको पाठ्यक्रममा भने कहीं तालमेल थिएन मेरो पहुँचमा रहेको शिक्षा संकाय थियो त्यहिं पढें । काठमाडौँ आए पछि अध्ययन संगै निजि विद्यालयमा झन्डै १२ वर्ष अध्यापन गरेर विताएँ । निजि क्षेत्रको वातावरणले झन निजामती सेवालाई गन्तव्य बनाउन सकिन ।
पारिवारिक पृष्ठभूमि पनि निजामती सेवाको नभएर होला यस सम्वन्धमा खासै चासो पनि भएन । खोटांगमा अध्यापन गर्दा विद्यालयको काम लिएर शिक्षा मन्त्रालय जान खोज्दा सिंहदरबार गेटको पास नपाएर फर्किनु परेपछि भने सोचले कोल्टो फेर्यो । भलै अर्को दिन भनसुन लगाएर काम गरियो । पहिलो चोटी भगवती उच्च माध्यमिक विद्यालयबाट ४ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरे पछि काठमाडौँ फर्किने योजना फेर्ने सोच बनाएँ तर फेरिन ।
यसरी गरेँ अधिकृतको तयारी
सिंहदरबार गेटको पास नपाएको दिन नै लोक सेवाको किताव खोज्न पुतलीसडक हानिएँ । अधिकृतको किताव बोकेर खोटांग फर्किएँ र एक वर्ष पुनः काठमाडौँ फर्किएँ । अधिकृतको योजना सहज भएन । हामी दाजुभाई तीन जनाको काठमाडौँ बसाई थियो । खर्च व्यवस्थापन मैले गर्नुपर्थ्यो । जानेको अध्यापन थियो त्यहि पेशामा लागें पूर्ण रुपमा ।
भूगोललाई समुहकृत गरे, इतिहासलाई समयरेखा बनाएँ । अन्य एकाईलाई सदृश्य सम्झिने बानी बसाए । IQ कठिन लाग्थ्यो । अंग्रेजी माध्यमको कितावका सबै उदाहरण पढी सकेपछि भने आत्मविश्वास बढ्यो । अंग्रेजी भने राम्रै थियो, कुनै छुट्टै तयारी गर्नु परेन ।
अधिकृतको नयाँ पाठ्यक्रममा १५ नम्वरको अंग्रेजी समावेश भयो । अधिकृत तयारी गराउने संस्थामा अंग्रेजी पढाउने अवसर मिल्यो । तयारीमा आएका अन्य साथीहरु देखे पछि भने आत्म विश्वास बढ्यो । ३ महिना पछि पढाउन छाडें र लोक सेवा तयारी गरें । पहिलो पत्र सामान्य ज्ञानलाई २ ओटा कितावलाई एकै पटक पढ्न थालें । जसबाट तुलना गर्न फरक छुट्याउन तथा गल्ति पत्ता लगाउन सहज हुने ठानें । भूगोललाई समुहकृत गरे, इतिहासलाई समयरेखा बनाएँ । अन्य एकाईलाई सदृश्य सम्झिने बानी बसाए । IQ कठिन लाग्थ्यो । अंग्रेजी माध्यमको कितावका सबै उदाहरण पढी सकेपछि भने आत्मविश्वास बढ्यो । अंग्रेजी भने राम्रै थियो, कुनै छुट्टै तयारी गर्नु परेन ।
दोश्रो, तेश्रो र चौथो पत्रको लागि भने कलेज पढेको जसरि नै पढ्ने नोट बनाउने गर्दै पढें । बजारका किताब पढें । इन्टरनेट सर्फिंग राम्रै संग थियो । लेख्न नेपाली माध्यम भन्दा अंग्रेजी सहज लाग्थ्यो, अग्रेजीमा नै लेख्ने निधो गरें । उक्त वर्ष मैले पढाएका कतिपय साथीहरु सफल हुनुभयो तर म भने असफल भएँ । कारण भने पढाई भएको थियो तर लेखाई थिएन । विहान ६:१५ देखि वेलुकी ७ बजेसम्म अद्यापनमा समय व्यतित हुँदा तयारीको समय नपुगेको ठानें ।
दोश्रो वर्ष पढ्ने तरिका फेरें भलै भाषा चाहिं फेरिन । ३ जनाको एक समुह बनाएर छलफल गर्न सुरुभयो । एक पटक पढ्ने दुई पटक लेख्ने र तीन पटक उक्त विषयवस्तुका वारेमा सोच्ने ढाँचा बनाइयो । एक शिर्षकलाई ३३ ओटा उपशीर्षकमा टुक्र्याइयो । यसका लागि समय अपुग भए पछि वेलुकीको कलेज छोडी दिएँ । दैनिक ४ घण्टा जति अध्ययन गर्ने गर्थें । शनिवार हुने अभ्यास परिक्षामा निरन्तर भाग लिएँ । पृष्ठपोषण कक्षाले जानेर मात्र नहुने रहेछ । ढाँचामा लेख्नु पर्ने चेत खुल्यो ।
पहिलो पत्र अघिल्लो वर्ष जतिको राम्रो भएन । सायद प्रश्न नै जटिल थिए कि ? दोश्रो पत्रको जांच दिए पछि भने निराश भएको थिएँ । साथीहरुले नै थप पत्रमा सहभागी हुन उत्प्रेरित गरेपछि मात्र सबै पत्रको परिक्षा दिएँ आशा भने थिएन ।
सोहि वर्ष शिक्षा सेवा खुलेको थियो । त्रि.वि. सेवाको उप-प्राध्यापक खुलेको थियो । बैशाख १२ को भूकम्प पछिको त्रासदी विच दुबैमा सहभागी भएँ । भाद्रमा सबैको नतिजा आयो सबैमा लिखितमा उतिर्ण भइयो । पढ्न भन्दा संकट रोज्न भयो सबैले शाखा अधिकृत रोज्न सुझाए – सिंहदरबारको गेट पास सम्झिएँ – अरुलाई छाडी दिएँ ।
निजामती सेवा मेरो लागि सपना थिएन घटना विशेषमात्र । तर यसैमा वृत्तिविकास खोज्ने निर्णय लिनु पछाडी यसको गरिमा, इज्जत, प्रतिष्ठा, जागिरको स्थिरता, अध्ययन, तालिम र देशभरिको भौगोलिक, सामाजिक संस्कृतिक अनुभव हाशील गर्ने अवसर प्रमुख कारण हुन् जस्तो लाग्छ ।
यसबाट मेरा अन्य विकल्प भन्दा ज्यादा समाज सेवा गर्न सकिने कुरामा विश्वस्त भएँ । हाल व्यक्ति र घटना विशेषलाई लिएर निजामती सेवा कै खैरो खनेको देख्दा भने नव प्रतिभालाई विकर्षण गर्ने हो कि भन्ने चिन्ता लाग्छ ।
