Hello NEw
प्रशासन सुधारको अवधारणा, विषयवस्तु र अपेक्षित परिणामबारे लोक सेवामा लेख्ने तरिका
प्रशासन सुधारको अवधारणा प्रष्ट पार्नुहोस र प्रशासन सुधारको विषयवस्तु र अपेक्षित परिणाम छोटकरीमा उल्लेख गर्नुहोस् । ३+३+४=१० (समाधान :सहसचिव नारायणप्रसाद दुवाडीबाट )
प्रशासन सुधार: अवधारणा
प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा/ संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्ति जस्ता पक्षहरुको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ ।
आन्तरिक तथा वाह्य विभिन्न चरहरुमा हुने परिवर्तन, समयक्रममा हुने राजनीतिक, सामाजिक, आर्थिक, प्रविधिगत विकास, मौजुदा प्रणालीको कार्यसम्पादनस्तर र आम सरोकारवालाहरुको अपेक्षा वीच पैदा हुने फासलाले सदैव प्रशासन सुधारको माग गरिरहेको हुन्छ । अर्थात रियालिटी र डिजायरेविलिटी को अन्तराललाई सम्वोधन गर्न सक्ने गरी समग्र शासकीय प्रणालीको क्षमता उकास्ने, तिखार्ने कार्य प्रशासन सुधार हो ।
सावर्जनिक कार्यसम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनसंरचनाको अभिन्न अंगको रुपमा पनि बुझ्न सकिन्छ । यस दृष्टिले हेर्दा प्रशासन सुधार राज्यको पेनिट्रेसन, रेगुलेसन, स्रोत परिचालन र उपयोग क्षमता अभिवृद्धि गर्ने प्रयास पनि हो । REFORM वा सुधारलाई वोध गर्न यसको विस्तृत रुप सहायक हुन सक्दछ,जुन तलको बक्समा उल्लेख गरिएको छ ।

प्रशासन सुधारको क्षेत्र / विषयवस्तु र अपेक्षित परिणाम
समग्र प्रशासनिक प्रणालीको सुधार
गर्नु प्रशासन सुधाको लक्ष्य हो । तर सुधारका क्षेत्रहरु स्थान र परिस्थिति विशेष
हुन सक्दछन् । सामान्यतय प्रशसान सुधार भन्नेवित्तिकै यी विषयवस्तु /
क्षेत्रमा तल उल्लेख गरिए बमोजिमको अपेक्षित परिणाम हासनल गर्नु वा निर्माण गर्नु भन्ने बुझिन्छ ।
क्र.सं. | सुधारको विषय क्षेत्र | अपेक्षित मुख्य परिणाम |
१ | कर्मचारी र कर्मचारी प्रशासन | जनमुखी सेवामुखी प्रतिस्पर्धी क्षमतावान व्यवसायिक सकारात्मक परिवर्तन अभिमुख भएको |
२ | संगठन संरचना आधुनिकीकरण | छरितो, समूहकार्य भावना भएको |
३ | कार्यप्रणालीमा सुधार | सरल समन्वयीकृत |
४ | नीति, ऐन नियम तर्जुमा र परिमार्जन | समसामयिक परिमार्जनकार्यान्वयनयोग्य |
५ | भ्रष्टाचार र अनियमितता नियन्त्रण | नियन्त्रण र न्यूनिकरणसदाचारित प्रवर्द्धन र कानूनको उच्च परिपालना |
६ | जवाफदेहिता प्रवर्द्धन | सेवाग्राही प्रति जवाफदेहीवस्तु र सेवामा तोकिएकोगुणस्तर परिमाण लागत र समयको प्रत्याभूति |
७ | बजेट प्रणाली | कार्यान्वयन सुनिश्चितलचक र वित्तीय अनुशासनयुक्त |
८ | शासकीय स्वरुप | स्थानीय स्वायत्ता र सशक्तिकरणजनसहभागिता सुनिश्चित |
९ | निर्णय प्रक्रिया | पारदर्शी र विवेकपूर्ण |
१० | प्रशासन र राजनीतको सम्बन्ध | राजनीतिक तटस्थता र सार्वजनिक नीतिगत प्रतिवद्धता |
११ | प्रशासनको मनोवृत्ति | निजामती सेवाको मूल्य मान्यताको आत्मसात गर्नेराष्ट्रप्रेम, राष्ट्रिय हित र चासोका खातिर त्याग र व्यवसायिक सदाचारिताको संस्कारयुक्त |
१२ | जनता नागरिक समाज र सरोकारवाला | चनाखो जागरुक र विवेकशील प्रभावकारी वाच डग |
अन्त्यमा, समाज गतिशिल छ , निरन्तरको गतिशिल समाज बढदो माग र जनअपेक्षा एवं दवाब र बदलिदो आन्तरिक तथा वाह्य परिवेश अनुकुल रुपान्तरित हुनुपर्दछ प्रशासन । प्रशासनको समग्र, छुट्टाछुट्टै र आमूल परिवर्तन मार्फत सरकारको प्रभावकारिता अभिवृद्धि हुनसक्दछ । प्रशासन सुधारको लामो इतिहासमा सुधारका लागि सुझाइएका उपायहरु कागजमा मात्र सीमित रहेका तीतो अनुभव छ त्यसो हुनुहुँदैन । समसामयिक सुधारका उपायहरुको कार्यान्वयनबाट मात्र जनसन्तुष्टि हासिल हुन्छ जुन शासनको सफलताको अभिन्न सूचक हो।सार्वजनिक सेवा प्रवाहलाई अपेक्षित गुणस्तरमा विकास र विस्तार गर्न सक्नेगरी प्रशासनको सुधार हुन सकेमा मात्र मुलुकको समृद्धि र सुखको आकांक्षा पूरा गर्न सकिन्छ ।
