Hello NEw
सामान्य ज्ञान प्रश्नोत्तर
१. नेपाल सरकारका तत्कालीन संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी कहिले निधन भयो ?
– २०७५ फागुन १५ गते बुधबार
(स्मरण रहोस् मन्त्री अधिकारीको तेह्रथुमको आठराई गाउँपालिकाको चौहानडाँडामा बन्न लागेको बिमानस्थलको सम्भाव्यताको अध्ययन गरेर फर्किने क्रममा एअर डाइनेस्टी हेली सर्भिस एएस ३५० एच १२५ को हेलिकप्टर दुर्घटनामा परी ताप्लेजुङको फुङलिङ नगरपालिकाको तारेभीरमा निधन भएको हो । उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित सात जना विशिष्ट व्यक्तिको निधन भएको थियो भने अधिकारी तत्कालीन नेकपा एमालेबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा निर्वाचित संसद हुन् ।)
२. अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच दोश्रो पटक भेटबार्ता कहिले सम्पन्न भयो ?
– सन् २०१९ फेब्रुअरी २७ र २८ (भियतनामको हनोइमा)
(स्मरण रहोस् यो वार्ता निस्कर्षविहीन रुपमा टुङ्गिएको छ भने ट्रम्प र उनको पहिलो भेटवार्ता सिंगापुरको होटल क्यापेलमा सन् २०१८ को जुन १२ मा भएको थियो ।)
३. ओस्कार अवार्ड २०१९ मा सर्वोत्कृष्ट हुने फिल्म कुन हो ?
– ग्रीन बुक (गत वर्ष द सेप अफ वाटर)
(स्मरण रहोस् उक्त ९१ औं ओस्कार अवार्डमा अल्फोन्सो कुरोन सर्वोत्कृष्ट निर्देशक, रमी मालेक सर्वोत्कृष्ट अभिनेता, अलिभिया कोलमन सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका थिए ।)
४. कुच बिहारबाट डोली भिकाउने र विवाह गर्ने चलन चलाउने मल्ल राजा को हुन् ?
– प्रताप मल्ल
५. अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस कहिले मनाइन्छ ?
– फेब्रुअरी २० मा
(स्मरण रहोस् दिवसको यो वर्षको नारा क्ष थयग धबलत एभबअभ बलम मभखभयिऊभलत, धयचप ायच कयअष्ब िवगकतष्अभ भन्ने रहेको छ ।)
६. १२ ताल १८ पाटनको जिल्ला भनी नेपालको कुन जिल्लालाई चिनिन्छ ?
– अछाम
७. हाल विश्वको सबैभन्दा जेठो प्रधानमन्त्री को हुन् ?
– महाथिर मोहम्मद (मलेसिया)
(स्मरण रहोस् २०१८ मे १० मा निर्वाचित भएका मोहम्मद ९२ वर्षिय प्रधानमन्त्री रहेका छन् ।)
८. ३९ औं भाषा सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– २०७५ मंसिर १० र ११ गते त्रिभुवन विश्वविद्यालय किर्तिपुरको त्रिवि सेडाहलमा
९. आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार कूल गाह्रस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
– २८.२१ प्रतिशत (गत वर्ष २९.३५ प्रतिशत)
१०. हाल नेपालमा जिल्ला हुलाक कार्यालयको संख्या कति रहेको छ ?
– ७० वटा
(स्मरण रहोस् हाल नेपालमा हुलाक सेवा विभाग १, क्षेत्रीय हुलाक निर्देशनालय ५, इलाका हुलाक कार्यालय ८४२ र अतिरिक्त हुलाक कार्यालय ३०७४ वटा रहेका छन् ।)
११. आर्थिक वर्ष २०७५/७६ को कूल बजेट कति रहेको छ ?
– १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
१२. मंगल ग्रहको कतिवटा उपग्रह रहेका छन् ?
– २ वटा (फोबोस र डिमोस)
१३. पहेँलो तथा सुन्दर ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
– शनि ग्रह
१४. कार्टोग्राफी भनेको के हो ?
– पृथ्वीको नाप तथा नक्सा तयार गर्ने र त्यसलाई तथ्यांकगत तथा चित्रमय रुपमा प्रस्तुत गर्ने विधी
१५. नेपालबाट सबैभन्दा नजिकको महासागर कुन हो ?
– हिन्द महासागर
१६. “डिएलएसटी” के हो ?
– Day light Saving
(नोट आफ्नो घडीलाई सूर्यको सूर्योदय र सूर्यास्त सँगै अनुकूल गराउने पद्धति हो डिएलएसटी ।)
१७. लुगुला भञ्ज्याङ्ग कुन जिल्लामा पर्दछ ?
– मनाङ
१८. “घरको बाघ बनको स्याल” भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?
– चन्द्र शमशेर
१९. “बेलायती कुकर मज्जासँग न्यानो डस्नामा सुत्ने, साबुन पानीले नुवाइदिनुपर्ने दुधभात खुवाउनुपर्ने तर बाघ बाँदर र भालुबाट मकैको रक्षा गर्नुपरेमा भोटे कुकुर नै चाहिन्छ, चन्द्रोदयको देशमा वेलायती कुकुरको कुनै काम छैन भोटे कुुकुरलाई त केवल साग, ढिँडो र सिस्नु फालिदिए पुग्छ” भनेर कुन पुस्तकमा लेखिएको थियो ?
– मकैको खेती
(स्मरण रहोस् यही लेखिएको आधारमा कृष्णलाल अधिकारीलाई १९७७ श्रावण १७ गते गिरफ्तार गरी ९ वर्षको जेल सजाय दिइएको थियो तर जेलमुक्त नहुँदै १९८३ मा जेलभित्रै निधन भयो । यही घटनालाई नेपालको इतिहासमा मकै पर्व भनेर भनिन्छ तथा सुब्बा कृष्णलाल अधिकारीलाई नेपालको पहिलो साहित्यिक सहिद पनि भनिन्छ ।)
२०. जैन धर्मको धार्मिक ग्रन्थलाई के नामाकरण गरिएको छ ?
– वचनामृत (पाकृत भाषामा लेखिएको)
२१. चर्चित साहित्यिक कृति “धम्बोझी” का लेखक को हुन् ?
– सरोजराज अधिकारी
२२. छोका, जोगिरा, कठरिया, चाँचर, मयुर, चोरखेलिया जस्ता नाच कुन जातिमा प्रचलित नाच हो ?
– थारु
२३. राष्ट्रिय सभाले प्रदेश लोक सेवा आयोग विधेयक कहिले सर्वसहमतिले पारित ग¥यो ?
– २०७५ फागुन १२
२४. आठौं लाटोकसेरो तथा हुचिल महोत्सब कहिले र कहाँ सम्पन्न भयो ?
– २०७५ माघ १८ र १९ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१२, जालपामा
२५. दक्षिण कोरियाले सन् २०१८ को सियोल शान्ति पुरस्कार कसलाई प्रदान ग¥यो ?
– नरेन्द्र मोदी
